रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा जोड : उपमहासचिव पुन — OSNepal

रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा जोड : उपमहासचिव पुन

LC (KTM) December 17, 2024 0

गलकोट (बागलुङ) २ पुुसः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी बढाउन आवश्यक भएको बताउनुभएको छ । उहाँले अनुत्पादक क्षेत्रमा लगानी बढ्दा रोजगारीका अवसर सङ्कुचित भएका बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) बागलुङ नगर कमिटीको आयोजनामा आज यहाँ भएको विचार गोष्ठीमा पूर्वअर्थमन्त्री पुनले रोजगारीका अवसर सृजना गरेर युवा वर्गलाई विदेश पलायन हुनबाट जोगाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले लोकतन्त्रिक प्रणालीको संरचनामा सुधार गर्ने, नेतृत्वमा फेरबदल र सङ्गठनको सुधार गर्न आवश्यक भएको विचार व्यक्त गर्नुभयो । साथै उहाँले देशमा परिवर्तनका निम्ति माओवादीको ठूलो योगदान रहेको चर्चा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर