चितवन राष्ट्रिय निकुञ्जमा ३५ वर्षको पोथी गैँडा मृत फेला,करेन्ट लागेर मरेको अनुमान — OSNepal

चितवन राष्ट्रिय निकुञ्जमा ३५ वर्षको पोथी गैँडा मृत फेला,करेन्ट लागेर मरेको अनुमान

LC (KTM) August 05, 2021 0

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एउटा पोथी गैँडा मृत फेला परेको छ । निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत पर्ने नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को कावासोती नगरपालिका–७ मा पर्ने नमूना मध्यवर्ती सामुदायिक वनमा मृतावस्थामा पोथी गैँडा फेला परेको हो ।

सो सामुदायिक वनको पश्चिमतर्फको गेटमा करिब ३०–३५ वर्षको पोथी गैँडा मृत भेटिएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो । मृता गैँडाको खाग र खुर सुरक्षित रहेको अधिकारीको भनाइ छ । मृत गैँडाको प्रकृति हेर्दा रोगी र कमजोर देखिएको तथा वनमा लगाइएको झट्का दिने करेन्टमा परी लडेर मरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको अधिकारीले जानकारी दिनुभयो । नवलपुरमा बुधबार भेटिएको मृत गैँडासँगै चालु आव २०७८र७९ मा चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैँडा मरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर