मेकअप आर्टिस्ट निजनको बढ्दो व्यस्तता, कलाकारको मेकअपसँगै रियालिटी शोमा पनि छिन् व्यस्त — OSNepal

मेकअप आर्टिस्ट निजनको बढ्दो व्यस्तता, कलाकारको मेकअपसँगै रियालिटी शोमा पनि छिन् व्यस्त

admin December 15, 2024 0

काठमाडौँ । नायिका पुजा शर्मा, बर्षा राउत, रीमा बिश्वकर्मा, अञ्जली अधिकारीदेखि बहुचर्चित गायिकाहरु इन्दिरा जोशी र मेलिना राईसम्मका सुन्दरीहरुलाई अझै सुन्दरी बनाएर चर्चामा आएकी मेकअप आर्टिस्ट हुन् निजन राई । आफ्नो कार्य कौशल देखाएर नै कलाको जगतमा छाउँदै गरेको नाम बनेको छ निजन राई । आफ्नो लगनशिलता र मेहेनतका कारण नै अहिले उनी रियलिटी शोहरू देखि संगीत भिडियोसम्म उनको मेकअप ब्रसहरुले विभिन्न कलाकारहरुको अनुहारमा चमक ल्याउनमा व्यस्त छिन् ।

प्रारम्भिक शुरुवात र शिक्षा निजनको यात्रा २०१२ बाट सुरु गरेकी उनले रियलिटी शोहरूदेखि संगीत भिडियोसम्म उनको मेकअप ब्रसहरुले विभिन्न कलाकारहरुको अनुहारमा चमक भरिदिएकी छिन् । करिब एक दशक लामो करियरमा राईले नेपाली मनोरञ्जन क्षेत्रमा आफ्नो अमिट छाप छोडेकी छन् । उनको मेकअप डिजाइनले म्युजिक भिडियोहरूमा आकर्षण थपेको छ ।

चाहे यो ग्लामर दुनियाँ होस् यता एउटा कलाकारको बाहिरी आवरणलाई कलात्मक शैलीले प्रस्तुत गरेकी निजन राईले आफुलाई मेकअपको संसारमा प्रमाणीत गरेकी छिन् । फाउण्डेशन ब्लेन्डिङ, आईशैडो लागाउने, र कन्टोरिङको काममा पोक्ख्त बनेसँगै उनी झनै ािखारिँदै गइन् । नेपाल आइडल र द भोइस अफ नेपालका विभिन्न सिजनमा उनी जोडीने गरेकी छिन् ।

जहाँबाट उनले प्रतिस्पर्धीहरूको विशेषता बढाउँदै गर्दा उनको मेकअप कौसलले कार्यक्रम हेर्ने दर्शकहरूको रुचि र कला क्षेत्रका व्यक्तिहरूको ध्यान आकर्षित बनाएको कुरामा दुई मत छैन । प्रत्येक प्रदर्शकको शैली र व्यक्तित्वको साथमा मेल खाने उनको प्रतिभा अद्भुत थियो। बिभिन्न व्यक्तित्वहरुले पनि उनको कलाको तारिफ गरेको पाइन्छ ।सहज, सरल र मिलनसार भएका कारणले पनि उनलाई सबैले काममा सम्झिने गरेका छन् । विवाहको मेकअप देखी बिभिन्न फोटोसुटहरुमा पनि उनले आफ्नो मेकअप कला प्रस्तुत गरेकै कारण निजन राई र मेकअप एक अर्काका पर्याय नै बनेका छन् भन्दा फरक पर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर