सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न गुरुङ पक्राउ — OSNepal

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न गुरुङ पक्राउ

LC (KTM) December 06, 2024 0

काठमाडौँ, २१ मङ्सिरः पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौँबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा घर भएका कृष्ण गुरुङ रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गुरुङविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो । कतार जान लाग्दा अध्यागमनले रोकेपछि हाम्रो टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर