अस्ट्रेलिया को एसफिल्ड स्थित १२ हर्कुल स्ट्रीट मा नेपाली मासु पसल लेकाली मिट सप आज बिहान ३ बजे तिर चोरी भएको जानकारी प्राप्त भएको छ । बिहान ३ बजे तिर ४ जना एडीडास को हुडी लगाएर एउटा कार मा आएर, उक्त पसल को ढोका फुटाई पसल मा रहेको लगभग २००० अस्ट्रेलियन डलर चोरी फटाफट भागेको सिसि टिभी फुटेजमा देखिन्छ । यस घटना बाट आर्थिक लगभग ५००० डलर बरावर को क्षति भएको अनुमान गरिन्छ, पसल को ढोका को सिसा हरु फूटाइएको ले अझ थप आर्थिक भार पर्ने देखिन्छ ।
थप अनुसन्धान को लागि स्थानीय प्रहरी लाई खबर गरिएको र छिटै उक्त घटना मा सम्मिलित व्यक्ति हरु बारे जानकारी पाइने मा उक्त पसलका प्रोपाईटर बासुदेव खरेल ले आफु आसावादी रहेको जानकारी दिनु भएको थियो । उक्त मिट सप केहि महिना अघि मात्र खुलेको थियो। ग्राहकहरुको माया र साथ पाइरहेको लेकाली मिट पसल एक्कासी चोरी को खबर ले ग्राहकहरु मा हल्का निरासा छाएको देखिन्छ । लेकाली मिट को पहिलो पसल हर्सफिल्ड स्थित फोरेष्ट स्ट्रीट मा रहेको छ।