काठमाडौं २० साउन । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको क्रियाशील सदस्यताको विवाद टुंगाउन शीर्ष नेताहरुले तीन दिन समय लिएका छन् ।
आज बुधबार सभापति शेरबहादुर देउवाको निजि निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले क्रियाशील सदस्यतासम्बन्धी विवाद तीन दिनभित्र टुंगो लगाउने सहमति भएको क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले जानकारी दिएका हुन् ।
यही भदौ १६ देखि १९ गते सम्म नेपाली कांग्रेसको महाधिवेशन हुने कार्यतालिका भएपनि क्रियाशिल सदस्यतामै विवाद भएपछि महाधिवेशन अन्योलमा परेको छ ।