सर्वोच्चको आदेशपछि ठाकुर तत्काल पार्टी नछाड्ने मुडमा — OSNepal

सर्वोच्चको आदेशपछि ठाकुर तत्काल पार्टी नछाड्ने मुडमा

LC (KTM) August 04, 2021 0

काठमाडौं २० साउन । जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरलाई सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेपछि निराश भएका छन् ।

निवार्चन आयोग र जसपाका अध्यक्ष उपेन्द्र यादवलाई विपक्षी बनाई ं सर्वोच्च दायर गरेको रिटको आज न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाउ आदेश दिएको हो ।

तथापी, ठाकुर तत्काल अर्को नयाँ पार्टी नखोली पुन जसपामै संघर्ष गर्ने बुझिएको छ । ठाकुर पर्ख र हेरको रणनीति अपनाएर कुर्ने बुझिएको छ । आयोगले पार्टीको आधिकारिकता यादव पक्षलाई दिएपछि अब पार्टीको निणर्य यादवमा गएको छ ।

स्रोतका अनुसार परिस्थिति बदलिने आँकलनका साथ ठाकुर तत्काल पार्टी छाड्ने पक्षमा नभएको बुझिएको छ । ठाकुर पक्षमा १० भन्दा बढीको संख्यामा सांसद रहेका छन् ।

यता, पार्टीको आधिकारिकता पाएको यादव पक्ष भने सरकारमा जान मन्त्रीको टुंगो लगाउने तिर आफ्नो छलफललाई तीव्रता दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर