महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने निणर्य खारेज गर्न माग गर्दै १४ जना पूर्वमहानिरीक्षकले बुझाए देउवालाई ज्ञापन पत्र — OSNepal

महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने निणर्य खारेज गर्न माग गर्दै १४ जना पूर्वमहानिरीक्षकले बुझाए देउवालाई ज्ञापन पत्र

LC (KTM) August 04, 2021 0

काठमाडौँ २० साउन । नेपाल प्रहरीको महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने सरकारको निर्णय खारेज गर्न माग गर्दै नेपाल प्रहरीका १४ जना पूर्वमहानिरीक्षक ९आइजीपी०ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् ।

आज बुधबार पूर्वआइजीपीहरुले तत्कालिन केपी शर्मा ओली सरकारले गरेको निर्णय खारेज गर्न माग गर्दै १४ जनाको हस्ताक्षरमा ११ जना पूर्वआइजीपीको सहभागीतामा ज्ञापन पत्र देउवालाई बुझाएका हुन् ।

उक्त हस्ताक्षरमा नेपाल प्रहरीका पूर्वआइजीपी दुर्लभ कुमार थापा, प्रदीप शमशेर ज।ब।रा, धुर्व बहादुर प्रधान, अच्छुत कृष्ण खरेल, मोतीलाल बोहोरा, ओम विक्रम राणा, रमेश चन्द ठकुरी, हेम बहादुर गुरुङ, कुँवेर सिंह राणा, श्याम भक्त थापा, रविन्द्र प्रताव शाह, उपेन्द्र कान्त अर्याल, प्रकाश अर्याल र ठाकुर ज्ञवालीको हस्ताक्षर रहेको पूर्वआइजीपी ज्ञवाली लगायत रहेका छन् ।

तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद्ले २०७५ साल भदौ २१ मा महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी) काभ्रेको पनौती सार्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर