काठमाडौँ २० साउन । जनता समाजवादी पार्टी ९जसपा०का महन्थ ठाकुरले निवार्चन आयोग र अध्यक्ष उपेन्द्र यादवलाई विपक्षी बनाई सर्वोच्चमा दायर गरेको रिटमा आज सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले ठाकुरको रिटमाथि कारण देखाउ आदेश दिएको हो ।
आयोगले गत साउन १५ गते पार्टीको आधिकारिकता यादव पक्षलाई दिएपछि अशन्तुष्ट ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए ।