काठमाडौँ उपत्यकाको नदी किनारसम्बन्धी मापदण्डमा पुनरावलोकन अनुमति — OSNepal

काठमाडौँ उपत्यकाको नदी किनारसम्बन्धी मापदण्डमा पुनरावलोकन अनुमति

LC (KTM) November 21, 2024 0

काठमाडौँ, ६ मङ्सिरः सर्वोच्च अदालतमा काठमाडौँ उपत्यकाको खोला किनारको थप २० मिटरको मापदण्ड विवादसम्बन्धी विवादमा पुनः सुनुवाइ हुने भएको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू कुमार चुडाल र नित्यानन्द पाण्डेको पूर्ण इजलासले आज उक्त फैसलाविरुद्ध सरकारले दर्ता गराएको पुनरावलोकन निवेदनमा अनुमति दिएपछि पुनः सुनुवाइ हुने भएको हो ।

यसअघि, न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले २०८० पुस ३ गते गरेको फैसलामा खोला किनारबाट २० मिटर छोड्नुपर्ने मापदण्ड कायम गर्नुपर्ने उल्लेख थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर