आज थप ४ हजार १०७ जनामा कोरोना संक्रमण हुँदा ३५ जनाले गुमाए ज्यान — OSNepal

आज थप ४ हजार १०७ जनामा कोरोना संक्रमण हुँदा ३५ जनाले गुमाए ज्यान

LC (KTM) August 04, 2021 0

काठमाडौं २० साउन । निषेधाज्ञा खुकुलो गराएसँगै आज सबैभन्दा धेरै कोरोना संक्रमितको पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३५ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरिएको ११ हजार ३५४ नमुना पिसिआर परीक्षणमा २ हजार ९७५ जना र ४ हजार ९४४ एन्टिजेन परीक्षणमा एक हजार १३२ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै कुल सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १५३५ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर