वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण — OSNepal

वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण

LC (KTM) August 04, 2021 0

काठमाडौँ २० साउन । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ ।

आज बुधबार भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा खनालको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको खनालको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिएका हुन् ।

भट्टराईले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन् । अब केहि समयको आराम पछि खनाल स्वदेश फर्किने पनि जानकारी दिएका छन् ।

भट्टराईले नेता खनालको स्वास्थ्य स्थितिबारे जनाकारी दिँदै भनेका छन् , “केही समययता भारतको ओपोलो अस्पतालमा मिर्गौला रोग विशेषज्ञ डा। अखिल मिश्रको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालज्यूको उपचार भइरहेको थियो । आज सर्जन सन्दीप गुलेरियाको नेतृत्वमा रहेको टिमले पूर्वप्रधानमन्त्रीज्यूको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर