चार वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा २६ वर्षीय आनन्द कुमार पक्राउ — OSNepal

चार वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा २६ वर्षीय आनन्द कुमार पक्राउ

LC (KTM) August 04, 2021 0

काठमाडौँ २० साउन । चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा जिल्लाको भगवानपुर गाउँपालिका १ बस्ने २६ वर्षीय आनन्द कुमार पासवान रहेका छन् ।

बालिकालाई यौन दुर्ब्यवहार गरेको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरीले उनलाई मंगलबार साँझ पक्राउ गरेको हो ।

यस विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर