अन्याय भयो भने अदालत जाने हो : प्राधिकरणका प्रमुख शाक्य — OSNepal

अन्याय भयो भने अदालत जाने हो : प्राधिकरणका प्रमुख शाक्य

LC (KTM) August 04, 2021 0

काठमाडौँ २० साउन । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफु अपमानजनक तरिकाबाट नभई सम्मानजनक रुपमा अहिलेको पदबाट बाहिरिन तयार रहेको संकेत छन् ।

हिजो मंगलबार प्रधानमन्त्री शेबहादुर देउवाले प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको स्थानमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएको खबर आएसँगै निर्देशक शाक्यले यस्तो जनाएका हुन् ।

आज पत्रकार सम्मेलन गरी उनले सरकारले आफ्नो राजीनामा नमागेको बरु वैकल्पिक कुन जिम्मेवारी दिन सकिन्छ भन्नेबारे कुरा गरेको जनाएका हुन् ।

आफुलाई सरकारले जुन स्थानमा घटाए पनि आफु काम गर्न तयार भएको बताएका शाक्यले भने, ‘मेरो क्षमता, अनुसार अहिलेसम्मको दक्षता अनुसार मलाई जहाँ जिम्मेवार दिएपनि सरकारले खटाएको ठाउँमा काम गर्न कुनै गाह्रो छैन’ ।

राजिनामा नदिएर तपाइर्ए अदालती प्रक्रियामा जाने हो ? भन्ने पत्रकारे प्रश्नमा उनले विकल्प दिएर खटाएमा किन अदातलत जानु तर अन्याय भयो भने अदालत जाने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर