कैलाली २० साउन । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जानकी गाउँपालिका ६ धर्मापुर कटान बस्ने ३६ वर्षीय धरमविर चौधरी रहेका छन् । आफ्नै घरमा जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले
चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । यस विषयमा थप अनुशनधान भइरहेको प्रहरीले जनाएको छ ।