काठमाडौं २० साउन । काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका १५ डल्लु बस्ने प्रकाश शाहीको घरमा जुवातास ९ओखर० खेलिरहेको अवस्थामा काठमाडौं टंकेश्वर बस्ने ३७ वर्षीय निगेश श्रेष्ठ लगायत २१ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
विशेष सुचनाको आधारमा शाहीको घरमा पुगेको प्रहरीको टोलीले नगद ६ लाख ५ हजार रुपैयाँ र खेलमा प्रयोग भएको २६ थान ओखर सहित फेला पारी पक्राउ गरेको महानगरीय प्रहरी वृत्त स्वयम्भूले जनाएको छ ।
यस विषयमा थप अनसुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।