अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ — OSNepal

अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

LC (KTM) August 04, 2021 0

झापा २० साउन । अवैध लागूऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह नगरपालिका १ बस्ने ३७ वर्षीय कृष्ण कुमार ताजपुरिया रहेका छन् ।

ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले मे.७ प ६७६७ नम्बरको मोटरसाइकलमा सवार कृष्ण कुमारलाई ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ सहित मंगलबार दिउँसो पक्राउ गरिएको हो ।

प्रहरीको अनुशन्धानको क्रममा सोही नगरपालिका २ बस्ने ३९ वर्षीय सुमन कुमार कार्कीबाट किनेको खुलेपछि प्रहरीले सुमनको कोठा तलासी गर्दा थप ३० ग्राम उक्त पदार्थ फेला पारी बरामद गरेको जनाएको छ ।

पक्राउ परेका ताजपुरियामाथि जिल्ला अदालत झापाबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भने फरार कार्कीको भने खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर