मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जना पक्राउ — OSNepal

मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जना पक्राउ

LC (KTM) August 04, 2021 0

कास्की २० साउन । मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका १३ बस्ने धादिङ सुनौलो बजार नगरपालिका ७ घर भएका २६ वर्षीय प्रकाश पोखरेल र पोखरा महानगरपालिका १३ मियापटन बस्ने स्याङजा पुतलिबजार नगरपालिका ९ घर भएका २३ वर्षीय धिराज सुनार रहेका छन् ।

निजहरुलाई सोही महानगरपालिका १३ मियापाटन बस्ने काजीमान श्रेष्ठको पार्किङ गरी राखेको ग।४ प ४६४२ नम्बरको मोटरसाईकल चोरी गरेको अभियोगमा आइतबार प्रहरीले चोरीको मोटरसाइकल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका निजहरुमाथि चोरी मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर