‘नीतिगत रुपमा स्वास्थ्यलाई व्यवस्थित गर्न स्वास्थ्यकर्मीको योगदान हामीले खोजेका छौँ ’ - मन्त्री पौडेल — OSNepal

‘नीतिगत रुपमा स्वास्थ्यलाई व्यवस्थित गर्न स्वास्थ्यकर्मीको योगदान हामीले खोजेका छौँ ’ – मन्त्री पौडेल

LC (KTM) November 11, 2024 0

धरान (सुनसरी), २६ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यकर्मीहरुले समाजमा धेरै योगदान गर्न सक्ने बताउनुभएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज आयोजित दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका सहकुलपतिसमेत रहनुभएका पौडेलले स्वास्थ्यकर्मीहरुले धेरै योगदान गर्न सक्ने बताउनुभएको हो ।

“तपाईँले जुन कुरा जान्नु भएको छ । यो क्षेत्रबाहेक अरुले त्यही ढङ्गबाट यो विषय जानिरहेको हुँदैन”, मन्त्री पौडेलले भन्नुभयो, “त्यसैले नीतिगत रुपमा स्वास्थ्यलाई व्यवस्थित गर्न यहाँहरुको योगदान हामीले खोजेका छौँ ।”

सो समारोहमा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । आज सम्पन्न १३औँ दीक्षान्त समारोहमा आज प्रधानमन्त्री केपी शर्मा ओलीबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका छ सय ५७ विद्यार्थी दीक्षित भएका छन् ।

प्रतिष्ठानले सन् २०१० देखि सन् २०१७ ब्याचका एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच बिएससी नर्सिङ र सन् २०१२ देखि सन् २०१८ सम्मका एएससी नर्सिङ, बिएमएलटी, बिएमआइटी, एपिएस र पिएचडी उपाधि हासिल गरिसकेका विद्यार्थीलाई कुलपति ओलीले आज दिक्षित गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर