आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा नुवाकोटका रामेश्वर गोतामे पक्राउ — OSNepal

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा नुवाकोटका रामेश्वर गोतामे पक्राउ

LC (KTM) August 04, 2021 0

काठमाडौं २० साउन । आफ्नै श्रीमती २८ वर्षीया बबिता राईको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ चौमती डेरा गरी बस्ने नुवाकोट तादी गाउँपालिका-२ सातबिसे घर भएका ३३ वर्षीय रामेश्वर गोतामेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

रामेश्वरले मंगलबार राति आफ्नै श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर