मानव तस्करीको आरोपमा लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । अधिकारीलाई अदालतबाट अनुमति लिएर नै प्रहरीले आज पक्राउ गरेको हो । अधिकारीलाई पार्टीको सबै जिम्मेवारीबाट एमालेले मुक्त गरेको भोली पल्टै लगत्तै प्रहरीले पक्राउ गरेको हो । उनलाई विराटनगरबाट पक्राउ परेका अधिकारीलाई काठमाडौं ल्याईने भएको छ ।नलाई आजै दिउँसो एक बजे हवाईजहाज मार्फत काठमाडौं पठाउने तयारी छ । अधिकारीको मानव तस्करीसँगको साँठगाँठ खुलिसकेको कुरा मिडियामा छ्याप्छ्याप्ती आईरहेको छ ।
उनलाई पक्राउ गरेर अनुसन्धानका काठमाडौं ल्याउन लागिएको कोशी प्रदेशका डीआइजी चन्द्र कुवेर खापुङले बताए ।यसो त पूर्वमन्त्री अधिकारी आज आफैँ प्रहरीमा आत्मसमर्पण गर्ने तयारीमा समेत थिए ।काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार अधिकारीलाई पक्राउ गरी पठाउन सम्बन्धित जिल्लालाई पत्राचार गरिएको थियो।
मानव बेचबिखन तथा ओसारपसारका ठुला घटनामा अनुसन्धान गर्न ब्युरो नै बनाइएको भएपनि यो प्रकरणमा जिल्ला प्रहरी कार्यालय काठमाडौंलाईअघि सारिएको छ।अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र ९ख० बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।
अधिकारीमाथि जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप लागेको थियो। उक्त आरोपलगत्तै उनले मन्त्री र पार्टी संसदीय दलको नेताबाट राजीनामा समेत दिइसकेका छन्। साथै, उनलाई एमालेले पार्टीको सबै जिम्मेवारीबाट निलम्बन समेत गरिसकेको छ। मन्त्री अधिकारीलाई गृह मन्त्रालयले आवश्यकता अनुसार कानुनी दायरामा ल्याउन निर्देशन दिइसकेको छ ।
उनलाई शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो । शनिबारको सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको थियो । उनीसँगै जापान गएकाहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । अधिकारीले भने आफूलाई फसाइएको दाबी गरेका छन् । उनले अनुसन्धानमा सघाउने बताएका छन् ।