ओलीतिर नरम हुँदै नारायणकाजीले भने संसद विघटन हुनुमा ओली मात्र जिम्मेवार छैनन् — OSNepal

ओलीतिर नरम हुँदै नारायणकाजीले भने संसद विघटन हुनुमा ओली मात्र जिम्मेवार छैनन्

LC (KTM) August 04, 2021 0

काठमाडौँ २० साउन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संसद विघटन हुनुमा तत्कालिन प्रधानमन्त्री केपी ओली मात्र जिम्मेवार नभई एक वा अर्को रुपमा त्यस अगाडिका सरकार र नेताहरु पनि जिम्मेवार रहेको बताएका छन् ।

आज बुधबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै नेता श्रेष्ठले यस्तो खुलासा गरेका हुन् । यो मुलुकको यो बेहालका निम्ति त्यो प्रवृत्तिका बाहक ओली मात्र नभएर सबै राजनीतिक पार्टीहरु, नेताहरु पनि जिम्मेवार भएको बताएका छन् ।

ओली भन्दा अगाडि विभिन्न ढंगले सरकार चलाउनेहरु पनि एक वा अर्को रुपमा, एउटा वा अर्को हदसम्म जिम्मेवार भएको समेत श्रेष्ठले टिप्पणी गरेका छन् ।

हरेक पटक ओलीमाथि खनिए नेता श्रेष्ठ आज भने नरम बनेका छन् । कतै आफुले गठवन्धनको सरकारमा मन्त्री नपाउँदो पिडात पोखेका त हैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर