कुवेत २२ रनमै अलआउट, नेपालको दोस्रो धमाकेदार जित — OSNepal

कुवेत २२ रनमै अलआउट, नेपालको दोस्रो धमाकेदार जित

LC (KTM) November 07, 2024 0

पछिल्ला दिनमा फुटबल र क्रिकेटमा सुधारिउको नेपाली टिमले लगातार कमालको प्रदृशन गरिरहेका छन् । फुटबल होस् या क्रिकेट नेपालको खेल तारिफ योग् नै छ । यसैबिच आईसीसी यू १९ महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले बिहीबार दोस्रो जित हात पारेको छ । यूएईमा बिहीबार टस जितेको नेपालले पहिला ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १३० रन बनाएको थियो । वाफी ब्याटिङ गरेको कुवेतलाई नेपालले मात्र २२ रनमा अलआउट गर्दै १०८ रनको जित हात पारेको छ । यो नेपालको लगातार दोस्रो जित हो । बुधबार नेपालले थाइल्यान्डलाई पराजित गरेको थियो । अब नेपालले यूएईसँग खेल्नेछ । इसिसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले लगातार दोस्रो खेलमा जित निकालेको छ।

नेपालले बिहीबार कुवेतलाई १०८ रनको फराकिलो अन्तरले पराजित गरेको हो। सअघि नेपालले बुधबार पहिलो खलमा थाइल्यान्डलाई ६७ रनले हराएको थियो। बिहीबार युएईको अजमानस्थित द सेभन्स रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १३० रन जोड्यो। नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ३४ रन जोडिन्। रनआउट हुनुअघि उनले ३८ बलमा ४ चौका प्रहार गरिन्। ओपनर सना प्रविनले २५ रन, ज्योत्स्निका मरासिनीले २३ रन र अलिसा कुमारी यादवले १५ रन बनाए। बाँकी ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।खेलमा नेपालका चार ब्याटर रनआउट भएका थिए। बलिङमा कुवेतकी आयसा एकबालले दुई विकेट लिइन्।

नेपालले दिएको १३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा २२ रनमै अलआउट भयो। कुवेतका लागि ओपनर जीफा जिलानीले सर्वाधिक १२ रन जोड्दा अरु ब्याटर दोहोरो अंकमा रन जोड्न नपाउँदै आउट भए। बलिङमा नेपालका रचना चौधरी र सीमा केसीले २(२ विकेट लिए। रचनाले २ ओभरमा १ रन खर्चदा सीमाले दुई ओभरमा कुनै रन दिइनन्। पूजा महतो, कृष्मा गुरुङ र मनिषा उपाध्यायले १(१ विकेट लिए।अब नेपालले तेस्रो खेलमा शनिबार युएईसँग खेल्नेछ। फेरि नेपालले थाइल्यान्ड, कुवेत र युएईसँग दोस्रो लेग खेल्नेछ। तियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्। सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुनेछ। यू(१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता आगामी जनावरीमा मलेसियामा आयोजना हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर