कम्युनिष्ट आन्दोलनप्रति घात गर्ने ओली लालगद्दार मात्र नभएर , महालालगद्दार हुन् : मेटमणि चौधरी — OSNepal

कम्युनिष्ट आन्दोलनप्रति घात गर्ने ओली लालगद्दार मात्र नभएर , महालालगद्दार हुन् : मेटमणि चौधरी

LC (KTM) August 04, 2021 0

काठमाडौं २० साउन । नेकपा (एमाले) का नेता तथा सांसद मेटमणि चौधरीले अध्यक्ष केपी ओली जस्तो राष्ट्रघाती मान्छे संसारमा नै नभएको बताएका छन् । हिजो राति एक कार्यकम्रमा बोल्दै चौधरीले ओलीको कारणले नै आज दुई तिहाईको कम्युनिष्ट पार्टीलाई टुहुरो अवस्थामा सडकमा आएको बताएका छन् ।

ओलीले घोषणा नगरेपनि पार्टी विभाजन भएको स्पष्ट पारिसकेको चौधरीको आरोप रहेको छ । वरिष्ठ नेता माधव नेपालको पक्षका चौधरीले नेपाल पार्टी विभाजनको पक्ष नभएको जिकिर गर्दै कार्यक्रमा चौधरीले भने, ‘हामीले यदि माधव कुमार नेपालले त्यो स्टेप नचालेको भए मुलुक एउटा अराजकताको दिशामा अगाडि बढिसक्थ्यो । मुलुकको सिस्टम नै कोल्याप्स हुनेगरि केपी ओलीले स्टेप चालेका थिए । संविधान मिच्नेगरि, कानून नमान्नेगरि स्टेप चालेका थिए । त्यसलाई ट्रयाकभित्र बसाल्ने काम माधव कुमार नेपालले गर्नुभएको छ ।’

कम्युनिष्ट आन्दोलनप्रति घात गर्ने व्यक्ति ओली लालगद्दार मात्र नभएर , महालालगद्दार भएको उनको आरोप रहेको छ । संविधान विरोधी ओलीले पटक पटक संविधान मिच्चने काम गरेको आरोप समेत चौधरीले लगाएका छन् ।

ओलीको दिमागमा उनको वरिपरि हिँड्ने, गुण्डा, कमिशनखोर, चुरे बिक्रि गर्ने मान्छेहरुमात्रै रहेको भन्दै कार्यक्रममा उनले अघि भने, ‘केपी ओली कसरी सर्वसक्तिशाल भए रु त्यही भएर अहिले केपी ओली बालकोटमा थन्किए ।’

संसदीय दलमा समेत आफ्नो ४० प्रतिशत पुगेको दावी गरेका उनले आवश्यक पर्यो भने ४० प्रतिशतमात्रै होईन ६५ प्रतिशत पुर्याउँने चुनौती समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर