कोरोनाबाट मृ त्यु भएका पत्रकारका परिवारलाई राहत दिइने — OSNepal

कोरोनाबाट मृ त्यु भएका पत्रकारका परिवारलाई राहत दिइने

LC (KTM) May 16, 2021 0

=moधनुषा, २ जेष्ठ- नेपाल पत्रकार महासङ्घ प्रदेश २ कार्यसमितिले पहिलो बैठकले कोरोना सङ्क्रमणबाट मृ त्यु भएका रौतहटका पत्रकार मनोजकुमार चौधरी र सञ्चार उद्यमी रमादेवी यादवको परिवारलाई तत्काल ५१ हजार रुपैयाँ राहत सहयोग गर्ने निर्णय गरेको छ । महासङ्घका प्रदेश अध्यक्ष राजेशकुमार कर्णको अध्यक्षतामा आइतबार भएको भर्जुअल बैठकबाट सो प्रस्तावसहित ११ बुँदामा छलफल गरिएको महासचिव श्याम बन्जाराले बताउनुभयो ।

बैठकबाट महासङ्घका प्रदेश अध्यक्ष राजेशकुमार कर्णको नेतृत्वमा पत्रकार कल्याण कोषको स्थापनाका लागि ११ सदस्यीय समिति समेत चयन भएको छ । सङ्क्रमित पत्रकारहरुको शीघ्र स्वास्थ्य लाभको कामना र निःशुल्क रुपमा उपचार हुनुपर्ने, दैनिक समाचार सङ्कलन गर्ने पत्रकारका लागि तत्काल सुरक्षा सामग्रीको व्यवस्था हुनुपर्ने, कार्यसमितिको परिचयपत्र बनाउनुपर्ने, खाता सञ्चालन हुनुपर्ने र प्रदेशको आफ्नो वेभसाइट निर्माण गर्नुपर्नेमा जस्ता विषयमा छलफल भई जिम्मेवारी तोकिएको छ ।

त्यस्तै मृ तक परिवारका सन्तानहरुलाई निःशुल्क रुपमा पठनपाठनको व्यवस्था हुनुपर्ने, प्रत्येक जिल्लामा पत्रकार स्वास्थ्य बिमा गर्नुपर्ने र लोकल्याणकारी विज्ञापनको माग गर्नुपर्ने, बन्दाबन्दीको अवस्थामा विशेषगरी छापा माध्यमलाई ध्यानमा राखी प्रेस काउन्सिलमा समयमा पत्रिका नपुग्ने सम्भावना रहेकाले लोकल्याणकारी विज्ञानवापत पाउने विज्ञापनको रकम कट्टा नगर्नका लागि समेत पहल गर्नुपर्ने निर्णय भएको छ ।

यसअघि अध्यक्ष कर्णको अगुवाइमा प्रदेश २ सरकारलाई ज्ञापनपत्र बुझाउँदै कोरोनाका कारण ज्यान गुमाएका पत्रकारलाई प्रदेश २ सरकारले उपलब्ध गराउने घोषणा गरिएको राहत उपलब्ध गराउने लगायतका मागहरु राखिसकिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर