काठमाडौं । वाङ्ग्याल लामा (योन्जन)को स्वरमा रहेको गीत ‘त्यो पारी डाँडैमा हिउँ पर्यो’ सार्वजनिक भएको छ । कर्म लामा स्याङ्तानको शब्द रचना, विक्रम थापाको कम्पोज र बिशन मान्नधरको मिक्सिङ/माष्टरिङ एवं एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा सोम लामा र रेनुका लामालाई फिचरिङ गरिएको छ । दिपेश एसकेको कोरियोग्राफी रहेको भिडियोमा रशेम दलार्मीको छायांकन र टेकेन्द्र शाहको सम्पादन छ । गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।