मन्त्री पद त व्यक्तिको जस्तो भैसक्यो, म भईनँ भने मेरो गुटको र मेरो आशेपाशे हुनुपर्छ भन्ने चिन्तन बढ्यो : महत — OSNepal

मन्त्री पद त व्यक्तिको जस्तो भैसक्यो, म भईनँ भने मेरो गुटको र मेरो आशेपाशे हुनुपर्छ भन्ने चिन्तन बढ्यो : महत

LC (KTM) August 04, 2021 0

काठमाडौं २० साउन । नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्र बहादुर महतले पार्टीमा फेरि एक पटक मन्त्रीमा पुरानै अनुसार दोहोरिन लागेको प्रति गुनासो गरेका छन् । हिजो राति एक कार्यक्रममा सांसद महतले मन्त्री पदन आफ्नै मात्र मेवा भइसकेको टिप्पणी गर्दै यस्तो गुनासो गरेका हुन् ।

उनले मन्त्री बनाउन ७ वटा प्रदेशबाट दलित, जनजाति, महिलालाई समेट्नुपर्ने अवस्थाले यतिबेला अध्यक्ष पुष्पकमल दाहाललाई पनि मन्त्री कसलाई बनाउने भनेर आपतनै परेको समेत बताएका छन् ।

पार्टीको मापदण्ड अनुसार स्थायी कमिटीभन्दा बाहिर नगई निणर्य गर्नु पर्ने बताएका उनले कार्यक्रममा भने, ‘अहिले पार्टीमा के छ भने स्थायी कमिटीभन्दा बाहिर जानुभएन, र अर्को म भन्दा बाहिर पनि जानुभएन भन्ने देखियो । म भईनँ भएन मेरो गुटको र मेरो आशेपाशे हुनुपर्छ भन्ने चिन्तन भयो । मन्त्री पद त व्यक्तिको जस्तो भैसक्यो । यत्रो ठूलो लडाई लडेर आएका छौं । यत्रो ठूलो घाईते छन् । सहिद परिवार छन् । मन्त्री भनेको सबैको हो नि । अहिले त म बाहेक अर्कोले चलाउनै सक्दैन भन्ने देखियो ।’

कार्यक्रममा उनले अघि नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा दुवैलाई सरकारमा नपठाउन समेत आग्रह गरेका छन् ।

महरा सभामुख भैसकेका र श्रेष्ठ पप्रधानमन्त्री भइसकेकाले उनीहरु प्रधानमन्त्रीको दाबेदार भएकाले अहिले सरकारमा नपाउन सकिने बताएका महतले भने, उहाँ पनि प्रधानमन्त्रीको दाबेदार हो । फेरि चाहियो ? समस्या त यही हो नि ।के यो मन्त्री पद वा उपप्रधानमन्त्री पद उहाँहरुको पेवा हो र ? दाईजो हो र ? अर्को व्यक्ति पनि पठाउँदा हुन्छ नि । हामी केपी ओलीलाई गाली गर्छौं, तर यो टेण्डेन्सी त हामीमा पनि छ नि ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर