काठमाडौं – काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिपको फाइनल खेल लाइभ देखाउने भएको छ। आज हुने फाइनल खेल टुँडीखेल, चाबहिल फुटबल ग्राउण्ड र सानो गौचरन ९हाँडीगाउँ०मा लाइभ देखाउने भएको हो।साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनल खेलमा आज नेपाली महिला फुटबल टिमले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साँझ साढे ६ बजे सुरु हुने खेलका लागि एन्फाले भौतिक रुपमा नै बुधबार टिकट बिक्री वितरण गरेको छ। खेल हेर्न धेरै दर्शकहरू हुने भएकाले महानगरले एलइडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउने जनाएको छ।खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साँझ पौने सात बजे सुरु हुने छ । खेलका लागि एन्फाले भौतिक रुपमा नै बुधबार टिकट बिक्रि बितरण गरेको छ ।
अनलाइनबाट टिकट बिक्रि गर्दा समस्या भएको र क्षमता भन्दा बढि बिक्रि भएको पाइएपछि एन्फा आफैले बुधबार बिहानैबाट टिकट बिक्रि गरेको हो । फाइनल खेल हेर्नका लागि टिकट लिनका लागि दर्शकहरु रातीदेखि नै लाइनमा लागेका थिए ।जावलाखेल खेल मैदान र भद्रकालीको स्थिति आर्मी हेडक्वाटर पछाडी सयौ दर्शकहरु टिकट काट्नका लागि लाइन बसेका थिए ।
फाइनल खेलमा सुरक्षालाई ध्यानमा राख्दै एन्फाले केहि बस्तु दशरथ रंगशाला भित्र लान निषेध गरेको छ । प्रहरीले लाइनमा लागेका दर्शकहरुलाई माइकिङ गरेर दशरथ रंगशाला प्रवेश प्रतिबन्धित सामग्रीहरुका बारेमा जानकारी गराएका थिए । फाइनल खेलमा पानीको बोतल समेत निषेध गरिएको छ । महानगरका अनुसार नेपाल र बंगलादेशबीच आज हुने फाइनल खेल टुँडीखेल, चाबहिल फुटबल ग्राउण्ड र सानो गौचरन ९हाँडीगाउँ०मा लाइभ देखाउने भएको हो।