मृत्यु र जीवनको वारपारको लडाई लडेको हो घर न घाटको भएको छैन : रायमाझी — OSNepal

मृत्यु र जीवनको वारपारको लडाई लडेको हो घर न घाटको भएको छैन : रायमाझी

LC (KTM) August 04, 2021 0

काठमाडौं २० साउन । पुर्व माओवादी केन्द्र केन्द्रका नेता टोपबहादुर रायमाझीले आफु घरको न घाटको नभएको जिकिर गरेका छन् । हिजो राति एक कार्यक्रममा नेता रायमाझीले आफुहरु पार्टी एकताकै पक्षमा भएकलो सत्तापक्षको साथ दिँदै अगाडी बढेको बताउँदै घर न घाटको नभएको दावी गरेका हुन् ।

कार्यक्रममा उनले अदालतले कुन पार्टी खोल्ने र कुन पार्टीमा जाने भनेर निर्देशन दिन नमिल्ने समेत बताएका छन् । आफुहरु केपी ओली नै संसथापन प्क्ष भएकाले त्यसतर्फ नै लागेको स्पष्ट समेत पारेका छन् ।

उनले भने,‘केपी शर्मा ओलीजी पार्टीको प्रथम अध्यक्ष, र उहाँ संसदीय दलको नेता पनि र प्रधानमन्त्री पनि हुनुहुन्थ्यो त्यतिवेला, त्यसकारण त्यो संस्थापन पक्ष थियो । बहुमत थियो । साथीहरु फुटेर जानुभयो । पछि फर्कनुभयो ।’कार्यक्रममा उनले भने ।

कार्यक्रममा तपाईको नेपाली राजनीतिमा के हविगत छ त भन्ी प्रश्न गर्दा उनले भने, रायमाझीले भने,‘हाम्रो के छ ? के हबिगत के हुन्छ ? मेरो राजनीतिक जीवन भनेको करिब करिब ४८-४९ वर्ष भयो । त्यसमा करिब करिब ३५ देखि ३८ वर्षसम्म हामी कुनै सरकारमा थिएनौं ।’

आफु हैसियत विहिन नभएको भन्दै हैसियत के गरेर हुन्छ ? मन्त्री भएर हैसियत हुन्छ ? प्रधानमन्त्री भएपछि हैसियत हुन्छ ? मन्त्री हुनको लागि राजनीति गरेको हो र ? मैले मृत्यु र जीवनको वारपारको लडाई लडेको होईन ?’ भन्दै प्रश्न समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर