भावुक मुद्रामा देखिइन् पूर्णिमा लामा, भनिन् पुरानो घाउ बल्झियो — OSNepal

भावुक मुद्रामा देखिइन् पूर्णिमा लामा, भनिन् पुरानो घाउ बल्झियो

LC (KTM) October 28, 2024 0

काठमाडौँ । गायिका पुर्णिमा लामाको स्वरमा पुरानो घाउ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका लामाकै शब्द, संगीत रहेको सार्वजनिक गीतमा नारायन दंगालले एरेन्ज गरेका छन् । आँफुलाई भन्दा बढी माया गरेको प्रेमीले धोका दिएपछि प्रेमीकाले देखाएको एकतर्फी मायालाई देखाइएको भिडियोमा गायिका पुर्णिमा लामा स्वयम फिचर्ड छिन् ।

भिडियोमा उनी निकै भावुक देखिएकी छिन् । शुक्र लामाले तयार पारेको भिडियोको सम्पादन त्रिलोक लामाले गरेका छन् । प्रेम, वियोगले भरिएको पुरानो घाउ बोलको गीतको भिडियो गायिका लामाकै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर