गोदावरी पुष्प मेलामा एक करोड १८ लाखको कारोबार — OSNepal

गोदावरी पुष्प मेलामा एक करोड १८ लाखको कारोबार

LC (KTM) October 28, 2024 0

ललितपुर (गोदावरी)- जावलाखेल मैदानमा आयोजित १७औँ गोदावरी पुष्प मेला सम्पन्न भएको छ । चार दिन चलेको मेलामा ४३ हजार ६ सय जनाले अवलोकन गरेका थिए भने रु एक करोड १८ लाखको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपालका पूर्वअध्यक्ष मीनबहादुर तामाङले जानकारी दिनुभयो ।

तामाङका अनुसार मेलामा पुष्प जातीय विकास र गुणस्तरीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले पुष्प व्यवसाय प्रदर्शनी गरिएको थियो । मेलाको पहिलो दिनमा रु २५ लाख, दोस्रो दिनमा रु २५ लाख, तेस्रो दिनमा रु ५० लाख र अन्तिम दिनमा रु २८ लाखको कारोबार भएको थियो ।

यस वर्षको मेलामा बहुवर्षे फूल र इन हाउस ग्रिन प्लान्टप्रति अवलोकनकर्ता बढी आकर्षित देखिएका छन् । मेलामा ७५ वटा प्रदर्शनी कक्ष, ६८ व्यावसायिक स्टल, दुई प्रतियोगितात्मक स्टल, चार अफिसियल स्टल र एक सेल्फी स्टल आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर