राप्ती समाज अमेरिकाले आयोजना गरेको कार्यक्रममा प्रमोद र अन्जु पन्तको प्रस्तुति रहने — OSNepal

राप्ती समाज अमेरिकाले आयोजना गरेको कार्यक्रममा प्रमोद र अन्जु पन्तको प्रस्तुति रहने

admin October 27, 2024 0

काठमाडौँ । यस वर्षको बिजयादशमी तथा तिहार २०२४ को विशेष अवसरमा राप्ती समाज अमेरिकाले ‘साँगीतिक साँझ २०२४’ आयोजना गर्दैछ। आगामी अक्टोबर २७ तारिखमा क्यालिफोर्नियामा हुने कार्यक्रममा नेपालका चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। कार्यक्रममा सहभागी हुने नेपालका चर्चित कलाकारहरुमा गायक प्रमोद खरेल, गायिका अन्जु पन्त, साथै राप्ती क्षेत्रका चर्चित लोक गायक जे.वि. वली, दंगाली यूवा गायक एकराज डाँगी, र बे-एरियाका लोकप्रिय गायक ओस्कार शर्मा, गायिका शोवि धीताल र प्रविधी क्षेत्री रहेका छन्।

नेपाली परम्परा र संस्कृति झल्काउँदै विदेशमा रहेका नेपाली समुदायलाई एकसाथ जुटाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । राप्ती समाज अमेरिकाका अध्यक्षले भने, ‘साँगीतिक साँझ २०२४’ हाम्रो समुदायलाई जोड्ने, मनोरञ्जन दिने, र हाम्रो सांस्कृतिक सम्पदाला ई सम्मान गर्ने थलो बन्नेछ।”राप्ती समाज अमेरिकाले यो कार्यक्रममा सम्पूर्ण नेपाली समुदायलाई परिवारसहित उपस्थित भई कार्यक्रमलाई भव्यता प्रदान गर्न हार्दिक निमन्त्रणा गरेको छ। कार्यक्रमले नेपाली मौलिक संस्कृति र पर्वलाई अमेरिकामा बस्ने नेपालीहरूमाझ अझ सशक्त बनाउने विश्वास गरिएको छ।

कार्यक्रममा नेपाली गीतसंगीतका साथ-साथै परम्परागत लोक भाका, आधुनिक गीतहरू दर्शकलाई मनोरञ्जन गरिनेछ । कार्यक्रम रोकापुल्को (Roccapulco), 3140 मिशन स्ट्रीट, सान फ्रान्सिस्को, CA 94110,अमेरिकामा हुने आयोजकले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर