काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो ।
मंगलबार तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ३०० रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । तर चाँदीको मूल्य भने आज सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार रु १० ले बढेर १२८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।