एमालेसँगको रिस भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी माथि पोख्नु सरकारको लाचारी हो : पोखरेल — OSNepal

एमालेसँगको रिस भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी माथि पोख्नु सरकारको लाचारी हो : पोखरेल

LC (KTM) August 04, 2021 0

काठमाडौँ २० साउन । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भुमिसम्बन्धि आयोग खारेज भन्दै आपत्ती जनाएका छन् ।

हिजो मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालिन प्रधानमन्त्री केपी ओली सरकारले भुमि सम्बन्धि समस्या समाधान गर्ने भन्दै गठन गरेको भुमिसम्बन्धि आयोग खारेज गरेको हो । यस विषयलाई लिएर नेता पोखरेलले आपत्ती जनाउँदै सरकारले आफ्नो गल्ती तत्काल सच्चाई आयोगलाई पुन सक्रिय बनाउनु पर्ने भन्दै दवा र्सिजना गर्न सबैलाई आग्रह गरेका छन् ।

उनले एमाल पार्टीको रिस भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी माथि पोख्नु सरकारको लाचारी पन भएको समेत आलोचना गरेका छन् ।

उनले भनेका छन् , ‘एमालेसँगको रिस भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी माथि पोख्नु सरकारको लाचारी हो । गल्ती सच्याई आयोगलाई पुनस् सकृय बनाउन सरकारलाई दबाब सिर्जना गरौ’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर