बाढीका कारण नदी आसपास क्षेत्रमा भएको फोहर सफा गर्यो ललितपुर महानगरले — OSNepal

बाढीका कारण नदी आसपास क्षेत्रमा भएको फोहर सफा गर्यो ललितपुर महानगरले

LC (KTM) October 27, 2024 0

ललितपुर- ललितपुर महानगरपालिकाले बाढीका कारण नदी आसपास क्षेत्रमा भएको फोहर सफाइ गरेको छ । महानगर प्रहरी, सुरक्षा निकाय र स्वयंसेवक परिचालन गरी महानगरले शनिबार नदी किनार सरसफाइ गरेको हो । असोज दोस्रो साता आएको बाढीले खोलाहरूमा प्लास्टिक, कपडा र कागजजन्य फोहोर थुपारेको थियो ।

बाढीका कारण बागमती र नख्खु खोलामा थुप्रिएका फोहोर संकलन गर्ने काम निरन्तर जारी रहने महानगरका मेयर चिरिबाबु महर्जनले जानकारी दिनुभयो ।बिभिन्न क्षेत्रको सरसफाइमा महानगरका ज्यापु समाज लगाएत संस्थाहरुले पनि साथ दिएको महार्जनले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर