जयसिंह धामी बेपत्ता भएको घटनाबारे गठित छानविन टोलीले सुरु गर्यो छलफल — OSNepal

जयसिंह धामी बेपत्ता भएको घटनाबारे गठित छानविन टोलीले सुरु गर्यो छलफल

LC (KTM) August 04, 2021 0

काठमाडौँ २० साउन । गृहमन्त्रलायबाट गठित छानविन टोलीलेजे दार्चुलाको घटनाको विषयमा छलफल सुरु गरेको छ । हिजो पुगेको उक्त टोलीले जयसिंह धामी बेपत्ता भएको घटनाबारे जिल्लास्थित सुरक्षा निकाय र घटनास्थलमा खटिएको सुरक्षाकर्मीसँग छलफल गरेको हो ।

मन्त्रालयको सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठन गरेको छानविन टोलीले घटनाको विषयमा सत्य तथ्य बाहिर ल्याउनको लािग सशस्त्र प्रहरी बल नेपाल नं ४४ गणका प्रहरी नायब उपरीक्षक वीरसिंह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्द र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका विक्रमसिंह ढाँडसहितको टोली स्थलगत खटिएको छ ।

आज बुधबार पत्रकार सम्मेलन गरी मानवअधिकारकर्मी, राजनीतिक दल र जनप्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम समेत रहेका जनाइएको छ । मन्त्रालयबाट १० दिनको समय पाएको छानविन टोलीले प्रत्यक्षदर्शीसँग पनि निरन्तर सोधपुछ गरिरहेको छ ।

समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्नता भट्ट सदस्य रहेका छन् ।

गएको शुक्रबार महाकाली नदी तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय एसएसवीले तुइनको डोरी काटिदिँदा जयसिंह धामी महाकालीका वेपत्ता भएका थिए । उनको परिवारले अब धामी जिवित फेला पार्ने आश मरेको भन्दै कुशको आकृति बनाएर हिन्दु संस्कार अनसार कानक्रिया समेत गरिसकेका छन ।

वेपत्ता धामीको एक श्रीमती एक छोरा र एक छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर