'त्यो पर्दैन' भन्दै प्रधानमन्त्रीले तेस्रो पटक लिएको सथप पुन लिनुपर्ने भन्दै जसपाले निकाल्यो विज्ञप्ती, पदको मर्यादामा आँच आयो — OSNepal

‘त्यो पर्दैन’ भन्दै प्रधानमन्त्रीले तेस्रो पटक लिएको सथप पुन लिनुपर्ने भन्दै जसपाले निकाल्यो विज्ञप्ती, पदको मर्यादामा आँच आयो

LC (KTM) May 16, 2021 0

काठमाडौं २ जेठ । जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक लिएको प्रधानमन्त्रीको पदको सपथ पुन गराउन भन्दै एक विज्ञप्ती ने निकालेका छन् ।

अध्यक्ष उपेन्द्र यादवले जारी गरिएको विज्ञप्तीमा भनिएको छ , ‘प्रधानमन्त्रीको शपथग्रहणमा सम्माननीय राष्ट्रपतिद्वारा वाचन भएको सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी सत्यनिष्ठापूर्वक त्यो पर्दैन भनेर शपथग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुगेको हुँदा उक्त शपथग्रहण बदर गरी पुनः शपथग्रहण गर्न गराउन हाम्रो पार्टी माग गर्दछ। ’

प्रधानमन्त्रीले पर्दैन भन्दा राष्ट्रपति हाँसको भन्दै पदको मर्यादामा आँच आएकोले पुन सपथ गराउन माग गर्दै जसपाले यो विज्ञप्ती निकालेको हो ।  आजै अधिवक्ता चन्द्रकान्त ज्ञवाली लगायतका केहि अधिवक्ताले समेत संविधानको धज्जी उडाएको भन्दै पुन सपथ लिनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर