क्लिनिकमा औषधि किनेर खाँएपछि १० - १० मिनेटको फरकमा दिदी भाइको मृत्यु — OSNepal

क्लिनिकमा औषधि किनेर खाँएपछि १० – १० मिनेटको फरकमा दिदी भाइको मृत्यु

LC (KTM) August 04, 2021 0

काठमाडौं । भारतमा क्लिनिकबाट औषधि किनेर खाएपछि नेपाली दिदी भाइको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगंगा नगरपालिका(५ का मानबहादुर विककी ६ वर्षीया छोरी लक्ष्मी र तीन वर्षीय छोरा विशाल रहेका छन् ।

औषधी खाए पछि १०्१० मिनेटको फरकमा दिदी भाइको मृत्यु भएको उनीहरुका बुवाले बताए ।उनीहरुमा बान्ता हुने समस्य आएपछि उनका बुबाले दिल्लीस्थित शुभम डाइग्नोसिस सेन्टर नामक क्लिनिकबाट औषधि किने खुवाएका थिए ।मृतक दुवै बालबालिकाको मंगलबार अन्त्येष्टि गरिएको बताइएको छ ।

क्लिनिकका डाक्टर बेदकुमार गर्गबिरुछ शालिमारबाग प्रहरी स्टेशनमा उजुरी दिंदै उनीमाथि कारबाहीको माग गरिएको छ । डाक्टर प्रहरीको निगरानीमा रहेको बताइएको छ । मृतक दिदी भाइ परिवारसँग दिल्लीको शालिमारबागमा बस्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर