जुम्लाबाट सुर्खेत जाँदै गरेको ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु — OSNepal

जुम्लाबाट सुर्खेत जाँदै गरेको ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

LC (KTM) October 19, 2024 0

मान्म (कालीकोट), ३ कात्तिकः कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक खण्डअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–५ खल्लागाडमा मालवाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

आज जुम्लाबाट सुर्खेत जाँदै गरेको लु १ क ३९३० नम्बरको ट्रक खल्लागाड पुल नजिकैको मोडमा अनियन्त्रित भई दुर्घटना भएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले बताउनुभयो । ट्रक सडकबाट करिब ५० मिटर तल खोलामा खसेको छ । चालकको घटनास्थलमै मृत्यु भए पनि सनाखत भने हुन नसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर