महिला साफ च्याम्पियनसिप फुटबलः श्रीलङ्काले माल्दिभ्सलाई हरायो — OSNepal

महिला साफ च्याम्पियनसिप फुटबलः श्रीलङ्काले माल्दिभ्सलाई हरायो

LC (KTM) October 18, 2024 0

काठमाडौँ, २ कात्तिकः साफ महिला च्याम्पियनसिप–२०२४ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा श्रीलङ्काले माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समूह बी अन्तर्गतको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित ग¥यो । श्रीलङ्काका लागि इमिशा अनुराधिनीले १८औँ मिनेटमा गरेको गोल नै श्रीलङ्का जितका लागि पर्याप्त भयो । जितसँगै श्रीलङ्काले तीन अङ्क बटुलेको छ ।सोही समूहमा रहेको नेपालले आज साँझ भुटानको सामना गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर