माधवकुमार नेपालले आज नयाँ पार्टी घोषणा गर्ने गोकुल बाँस्कोटाको दाबी — OSNepal

माधवकुमार नेपालले आज नयाँ पार्टी घोषणा गर्ने गोकुल बाँस्कोटाको दाबी

LC (KTM) August 04, 2021 0

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले वरिष्ट नेता माधवकुमार नेपालले आज नयाँ पार्टी घोषणा गर्ने दाबी गरेका छन् । उनले सामाजिक संजाल ट्विटरमा ट्विट गर्दै उनले यस्तो दाबी गरेका हुन् । नेपालले आज केन्द्रीय कमिटी बैठकमा ‘एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी माओवादी पार्टीमा जाने ढोका खोल्ने’ बताएका छन् ।

बास्कोटाले मंगलबार साँझ ट्वीटरमा लेखेका छन् ‘क्वलीटीमा भोली माधव कम्रेडले एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी मओवादी पार्टीमा जाने ढोका खोल्ने र अन्तत भाइ कांग्रेस भई नयाँ अग्रगामी इतिहास रच्ने लास्ट प्रयास गर्ने ।’नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । ११ बजे बोलाइएको बैठकमा पछिल्लो राजनीतिक अवस्थाका साथै पार्टी एकताका बारेमा छलफल गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर