मुलुकको समृद्धिका लागि एकजुट हुनुपर्छः अध्यक्ष यादव — OSNepal

मुलुकको समृद्धिका लागि एकजुट हुनुपर्छः अध्यक्ष यादव

LC (KTM) October 15, 2024 0

राजविराज (सप्तरी) – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भ्रष्टाचार अन्त्य गरी मुलुकको समृद्धि र विकासका लागि सबै एकजुट हुन आह्वान गर्नुभएको छ ।

जसपा नेपालले सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकास्थित सितापुरमा आयोजित अगुवा कार्यकर्ता भेलामा उहाँले गरिबी, बेरोजगारी र भ्रष्टाचार हटाइ समाजवादी व्यवस्था स्थापना गर्नुको विकल्प नरहेको दाबी गर्नुभयो ।

“मुलुकको शिक्षा क्षेत्रको अवस्था नाजुक छ, कुनैपनि मुलुकको विकास र समृद्धिका लागि त्यो देशको जनता शिक्षित हुनुपर्छ, त्यसैले शिक्षामा लगानी बढाउन जरुरी छ”, उहाँले भन्नुभयो । शिक्षाको गुणस्तर राम्रो नहुँदा मुलुकको गरिबी र बेरोजगारी बढेको उहाँको भनाइ थियो ।

अध्यक्ष यादवले विभिन्न सङ्घर्षबाट मधेसी, आदिबासी जनजाति, थारु, मुस्लिम, दलित तथा महिलालगायतले प्राप्त गरेको अधिकारलाई रक्षाका लागि एकताबद्ध हुन सबैलाई आह्वान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर