आज पनि भारी वर्षाको सम्भावना — OSNepal

आज पनि भारी वर्षाको सम्भावना

LC (KTM) August 04, 2021 0

काठमाडौं- अहिले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरु तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकाले उच्च सर्तकता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

त्यस्तै बिहीबार पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।शुक्रबार प्रदेश नं १,बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर