कोटभैरव मन्दिरमा फूलपाती भित्र्याइयो — OSNepal

कोटभैरव मन्दिरमा फूलपाती भित्र्याइयो

LC (KTM) October 10, 2024 0

गण्डकी, २४ असोजः पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित प्राचीन कोटभैरव मन्दिरमा फूलपाती भित्राइएको छ ।

नेपालका बाइसे चौबीसे राज्यको समयदेखि पूजाआजा हुँदै आएको मन्दिरमा प्राचीन परम्परालाई निरन्तरता दिँदै फूलपाती भित्र्याइएको कोटभैरव मन्दिर संरक्षण एवम् पूजा व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर महतले जानकारी दिनुुभयो ।

मन्दिरमा प्रत्येक वर्षको आश्विन शुक्ल प्रतिपदा घटस्थापनाका दिनमा विधिवत् घटस्थापना गरी नियमित चण्डी पाठ गरिनुुका साथै फूलपाती, महाअष्टमी, महानवमी विशेष पूजाका साथै विजयादशमीका दिन सामूहिक टीका तथा जमरा लगाउने गरिन्छ ।

फूलपातीका अवसरमा मन्दिरबाट फूलपातेलाई यहाँका बरमाझथर, बरपौवा, बरधारापानीलगायतका गाउँमा खटाएर फूलपाती ल्याइसकेपछि बाजागाजाका साथ मन्दिरमा लगेर भित्राउने प्रचलन छ ।

मन्दिरमा आजै मध्यरातमा कालरात्री विशेष पूजा गरिने अध्यक्ष महतले जानकारी दिनुुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर