गोरखा दरबारको दसैँघरमा फूलपाती भित्र्याइयो — OSNepal

गोरखा दरबारको दसैँघरमा फूलपाती भित्र्याइयो

LC (KTM) October 10, 2024 0

गोरखा, २४ असोज : गोरखा दरबारस्थित दसैँघरमा परम्पराअनुसार आज विधिपूर्वक फूलपाती भित्र्याइयो छ । साँझको शुभ साइतमा हर्ष बढाइँका साथ गोरखा दरबारमा फूलपाती भ्यिाइएको गोरखाकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

आज गोरखा दरबारबाट निस्किएको लावा लस्करसहितको टोलीले तल्लोकोटस्थित फूलपाती चौतारबाट लगिएको फूलपाती दरबारको दसैँघरमा भ्यिाइएको उहाँले बताउनुभयो । गोरखा दरबारका सुसारेले जङ्गलबाट जम्मा गरेको फूलपाती लिन दसैँघरदेखि दरबारका सुसारे, नेपाली सेना, नेपाल प्रहरी, सरकारी कर्मचारी, स्थानीयवासीलगायत टोली लावा लस्करसहित तल्लोकोट सतिपिपल डाँडामा पुगेका थिए । ‘‘गए राति जङ्गलबाट ल्याएको दारिक, बेलको पात, उखुको बोट, केराको पात, अदुवाको बोट र मौसमी फलफूललाई फूलपातीको रूपमा परम्पराअनुसार दसैँघरमा भ्यिाइएको हो”, मूलपुजारी भट्टराईले भन्नुभयो ।

फूलपाती भ्यिाउनु पूर्व गोरखा दरबारदेखि मङ्गलिनीहरूले मङ्गल गीत र मालश्री राग गाउँदै बन्दुकेहरूले हर्ष बढाइँ गर्दै र भारवाहकहरू फूलपानी पर्सने सिडीसम्म पुगेका थिए । गोरखा दरबारको सिडीमा विशेष पूजा गरेर दरबारमा फूलपाती भ्यिाउने प्रचलन रहँदै आएको मूलपुजारी भट्टराईले बताउनुभयो ।

गोरखा दरबारमा हरेक वर्ष रवानबाट पश्चिम क्षेत्रका डाँडामा आधा घाम तल र आधा घाममाथि देखिने समयमा दरबारको दसैँघरमा फूलपाती भ्यिाउने गरिन्छ । यसअघि आज बिहान गोरखा दरबारको दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारमा फूलपाती पठाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर