दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा — OSNepal

दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा

LC (KTM) October 06, 2024 0

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), २० असोजः पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि अवरुद्ध यातायात सेवा दुईतर्फी रुपमा सञ्चालनमा आएको छ ।

गत शुक्रबार साँझ साढे ५ बजे बर्दघाट नगरपालिका-४ दाउन्नेस्थित खुर्सानीखोलामा भासिएको सडक मर्मतपछि आज बिहान ११ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभएको छ ।

शनिबार विहान ९ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएपनि मालवाहक सवारीसाधनलाई भने दाउन्ने प्रवेशमा रोक लगाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर