पारस खड्काको सन्यास पछि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्रले लेखे यस्तो भावुक पोष्ट — OSNepal

पारस खड्काको सन्यास पछि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्रले लेखे यस्तो भावुक पोष्ट

LC (KTM) August 03, 2021 0

मंगलबार आजको बिहान नेपाली क्रिकेट फ्यानहरुका लागि एकदमै बिर्सन नसक्ने दिन भएको छ । किनकी नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान पारस खड्काले अन्र्तराष्ट्रिय क्रिकेट बाट सन्यासको घोषणा गरेका छन् । उनको यो सन्यासले सबै तिर हलचल नै मच्चाईदिएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले नेपाली क्रिकेट ईतिहासमा पारस खड्काको योगदान कसै संग तुलना नै अगर्न नसकिने बताएका छन् । पारसले सन्यास घोषणा गरेपछि कप्तान मल्लले सामाजिक संजालमा पारसको योगदान अतुलनीय रहेको बताएका हुन् । मल्लले भनेका छन् तपाई सच्चा लेजेण्ड हुनुहुन्छ ।

एक महान लिडर र च्याम्पियन खेलाडी हुनुहुन्छ । क्रिकेटमा तपाईको योगदान अतुलनीय छ,ु कप्तान मल्लले सामाजिक संजाल फेसबुकमा लेखेका छन्। कप्तान मल्लले क्रिकेट मैदानमा अब पारस बिना अघि बढ्न कठिन काम हुने समेत बताएका छन् ।

तपाईसँग क्रिकेट टिम मात्र प्रेरित छैन । तपाईले हाम्रो देशको लाखौं मनिसलाई प्रेरित गर्नु भएको छ, कप्तान मल्लले लेखेका छन्, तपाईबिना क्रिकेट मैदानमा कदम चाल्न कठिन काम हुनेछ । सबै कुराको लागि धन्यवाद पारस । हामी पक्कै तपाईलाई सम्झिने छौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर