‘मिस एण्ड मिसेस् युनिभर्सल २०२४’का बिजेताले स्नेही काखमा १०० जनालाई खुवाए खाना — OSNepal

‘मिस एण्ड मिसेस् युनिभर्सल २०२४’का बिजेताले स्नेही काखमा १०० जनालाई खुवाए खाना

admin October 03, 2024 0

काठमाडौँ । हालै सम्पन्न ‘मिस एण्ड मिसेस् युनिभर्सल २०२४’बाट बिजेता बनेका महिलाहरुले नेपाल स्नेही काखमा रहेका अशक्त बृद्ध बृद्धा, अनाथ बालबालिका तथा मानसिक सन्तुलन गुमाएका करिब १०० जनालाई खाना खुवाएका छन् ।

अबिवाहित र बिवाहित महिलाहरुहरुको सौन्दर्य प्रतियोगीता ‘मिस एण्ड मिसेस् युनिभर्सल काठमाडौंमा यसैसाता सम्पन्न भएको थियो । प्रतियोगीताबाट बिजेता भएका मध्ये मिस तर्फको बिजेता जिया राई र फस्ट रनरअप सुस्मिता श्रेष्ठसँगै मिसेस तर्फबाट बिजेता रोजी थापा र फस्ट रनरअप सरु घिमिरे खाना खुवाउन पुगेका हुन् ।

आयोजक संस्था स्पार्कल इन्टरटेनमेन्टकी प्रमुख नितु श्रेष्ठले बिजेताहरु बिभिन्न सामाजिक कार्यमा पनि सरिक हुने बताइन् । आगामी दिनमा अन्य सामाजिक काममा जोड्दै लैजाने उनले बताएकी छिन् । ‘हामीले बिजेताहरुलाई बिभिन्न काममा जोड्दै लैजान्छौं । कतिपय समाजसेवाको काम होला, कतिपय तालिम तथा स्किल बढाउने काम होला, जसरी हुन्छ बिभिन्न कुराको नलेज हुनुपर्छ भन्ने हाम्रो धारणा हो ।’ श्रेष्ठले भनेकी छिन् ।

नेपाल स्नेही काखकी सन्चालिका श्रीनेहा पोखरेलले बिजेताहरुलाई बधाईसँगै आफ्ना परिवारका सदस्यहरुलाई खाना खुवाएकोमा धन्यवाद दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर