बाढीपीडितको उद्दार र राहतमा क्रयाशिल हुन कार्यकर्तालाई रविको आग्रह — OSNepal

बाढीपीडितको उद्दार र राहतमा क्रयाशिल हुन कार्यकर्तालाई रविको आग्रह

LC (KTM) October 03, 2024 0

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाढीपीडितको उद्दार र राहत लगाएतका काममा थप क्रियाशिल हुन नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

बुधबार पार्टी कार्यालय बनस्थलीमा नेता तथा कार्यकर्ताहरुसंग सामूहिक छलफल गर्दै लामिछानले प्रचारका लागि नभइ वास्तविक रुपमा नै पीडितलाई सहयोग गर्ने गरि उद्दार र राहत लगाएतका काममा थप क्रियाशिल हुन नेता कार्यकर्तालाई आग्रह गर्नुभएको हो ।

राजनीतिक आग्रह–पूर्वाग्रहबाट टाढा रहेर नागरिकको सेवामा लाग्नुपर्ने उहाले बताउनुभयो । प्राकृतिक प्रकोपका घटना भएसकेपछि आफुले राज्यका निकायसंग जानकारी लिन खोज्दा जानकारी नपाएको उहाले गुनासो गर्नुभयो ।

उहाले प्रतिपक्षीमा बसेर सरकारको विरोध गर्ने नभई दुखको अवस्थामा सरकारलाई सघाउने काम सवैको भएको धारणा राख्नुभयो । लामिछानले रास्वपाले गर्ने कामले तीनै तहको सरकारको सहयोगी भएर नागरिकको घर सडकमा जाने जिकिर गर्नुभयो ।

उहाले चाडपर्वका बेला नागरिकलाई कुनै किसिमको समस्या हुन नदिन नागरिकलाई महशुस हुने गरि पार्टीले काम गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर