मेलम्चीमा बाढीको वितण्डा अझै रोकिएको छैन । साउन १७ गतेदेखिको निरन्तरको बाढीले पहिरोसमेत आउँदा मेलम्ची र हेलम्बुका झण्डै एकसय घर र टहरा बगाएको छ । यसअघि असार १ को बाढीले हेलम्बु, मेलम्ची र पाँचपोखरीका ४५० घरपरिवार विस्थापित भएका र सयौँ रोपनी खेतीयोग्य जग्गा बगरमा परिणत भएको थियो । लगातारको बाढीले हेलम्बुको माथिल्लो भेगदेखि मेलम्ची,दोलालघाटसम्म जोखिम बढाएको छ ।
लगातारको बाढीले सोमवार राति पनि मेलम्ची बजारका सात घर बगाएको छ भने बजारका धेरै घर जोखिममा छन् । गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गएरातिको बाढीले बगाएको हो । त्यस्तै बाढीले चनौटेको रातो पुल बगाएको छ । मेलम्ची– ७ र ८, पाँचपोखरी– १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एकमात्र विकल्पका रुपमा यो पुल रहेको थियो । पुल बगाएसँगै अब यो भेगमा सवारीआवतजावत बन्द छ ।
त्यस्तै ग्यालथुममा रहेको झोलुङ्गे पुल पनि वाढीले बगाएको छ । बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ । मेलम्ची बजारदेखिमाथि पुल बाँकी नरहेको जनाएको छ । खोलामा लेदोसहितको बाढी आएको र बाढी घट्ने, बढ्ने भइरहेको छ । हेलम्बु राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा मेलम्चीबाट हेलम्बु सवारीसाधन जान सकेका छैनन ।
त्यस्तै चिल्ड्रेन भिजन नेपालको अध्यक्ष रमेश सिलवाल लगायतका टिमले हेलम्बू र मेलम्चि बाढिको मुख्य उदगम स्थल भ्रेमाथाङको निरिक्षण गरेका छन् । निरिक्षणका क्रममा पहाडमा सुखा पहिरो गएर बाढी आएको देखिएको छ । ज्वालामुखि बिस्फोट तथा हिमताल फुटेर उतm बाढि गएको आकंलन गरिए पनि सत्य भने अर्के रहेको छ । हेलिकप्टर बाट खिचिएको दृश्यमा उतm पहाडको तल्लो भेगमा निरन्तर पहिरो गइरहेको छ । पानि नपर्दा पनि उतm पहाडम पहिरो झरिरहेको छ भने , पानि परे झनै ठुला पहिरो जाने आकंलन गरिएको छ । हेलिकप्टर चार्टड गरि त्यहा पुगेका सिलवालको टिमले त्यहा क्षमा पुजा पनि गरेका छन् ।
सिलवालको अनुसार बाढीको मुहान निरीक्षण पश्चात् यति कुरा भन्न सकिन्छ कि यो समस्याको समाधान र नियन्त्रण कुनै स्थानीय सरकार वा स्थानीय बासिको पहलमा सम्भब छैन, यसमा सरकारको प्रत्यक्ष ध्यान जानुपर्छ र राज्यको तर्फबाट न्यूनीकरणका लागि तत्काल गर्नसक्ने काम गर्नुपर्दछ ।
रमेश सिलवाल बालबालिकाको हितमा विगत एक दशकदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उनलाई गत वर्ष सरकारले समाज सेवा रत्न पदकबाट समेत विभूषित गरेको थियो ।